...
13 Mar 2023

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी गाभिएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरू भएको छ । २९ फागुनदेखि एकीकृत कारोबार सुरू भएको कम्पनीले जनाएको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले दुवै कम्पनीहरुको तर्फबाट ३/३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन समेत गरेको छ ।

साबिक सगरमाथा इन्स्योरेन्सको तर्फबाट संस्थापक समूह (सेलिन्को इन्स्योरेन्स पीएलसी, श्रीलँकाका) सिद्धार्थमणि राजभण्डारी, (संस्थापक समूह) जेन्द्र लालश्रेष्ठ, (सर्वसाधारण समूह) र त्यस्तै गरि साविक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहरदास मुल, (संस्थापक समूह) अरुणराज श्रेष्ठ, (संस्थापक समूह) कमल भटृराई, (सर्वसाधारण समूह) गरी ६ जनाको सञ्चालक समिति गठन गरिएको छ ।

बैठकले साविकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहरदास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष मुलले सोमबार नै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् ।


 

Calculation
Make a claim