...
28 Nov 2023

काठमाडौँ — सलिको गल्फ प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा आउँदो शुक्रबार र शनिबार हुने भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को आयोजनामा हुने प्रतियोगितामा १ सय २८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । राजधानीसँगै धरान, पोखराका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा १२ महिला र ३० युवा रहनेछन् । विगतमा लुम्बिनी इन्स्योरेन्सले यो प्रतियोगिता गर्दै आएको थियो । 

अहिले सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्जपछि नयाँ नामबाट प्रतियोगितालाई निरन्तरता दिइएको सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए । उनले भने, ‘गल्फको बेग्लै पहिचान भएको र भविष्यमा गल्फ पर्यटन बढाउन सकिन्छ भनेर प्रतियोगिता गर्दै आएका हौं ।’

प्रतियोगिता स्टेबल फोर्ड ३/४ ह्यान्डिक्यापका आधारमा हुने रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले बताए । खुलातर्फका विजेता जोडीलाई गोसाँइकुण्ड आतेजाते हेलिकप्टर सुविधा दिइनेछ । सलिकोकी कार्यबाहक सीईओ वरिस्मा साउद आचार्यले यस प्रतियोगिताले युवा खेलाडीलाई मौका दिने बताइन् ।

Calculation
Make a claim