...
17 Dec 2023

काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी (सलिको)ले यहि मंसिर २८ गते ईलाका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालय तुल्सिपुरले संयुक्त रुपमा सवारी दुर्घटना न्यूनिकरण तथा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम तुल्सिपुर उपमहानगरपालिकाको सभाहलमा आयोजना गरिएको थियो । तुल्सिपुर उप महानगरपालिकाका उप प्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा ई.प्र.का तुल्सिपुर प्रमुख ठाकुर प्रसाद पोखरेल तथा जिल्ला स्थित बिभिन्न अटो प्रा.लि.का अध्यक्षहरु, सवारी चालक, पत्रकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन एसटिएन च्यानलका पत्रकार महेन्द्र महराले गरेका थिए । 

सो कार्यक्रममा सवारी दूर्घटना न्यूनिकरण सम्बन्धमा ट्राफिक प्रहरी कार्यालय तुल्सिपुर प्रमुख ईश्वरी देवकोटा र सलिकोका तुल्सिपुर शाखा प्रमुख तुफान सापकोटाले बीमा सचेतना सम्बन्धमा प्रकाश पारेका थिए । शाखा प्रमुख सापकोटाद्ये यस प्रकारका कार्यक्रमलाई जिल्लाका विभिन्न स्थानमा संचालन गरिने जानकारी समेत दिएका छन् । कार्यक्रममा सहभागीहरुले दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम संचालन गरेकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका छन् ।  

Calculation
Make a claim